पदयात्राका क्रममा दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालमाथि आक्रमण
नयाँदिल्ली । पदयात्रामा रहेका दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ ।
उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन् । उनका अनुसार पूर्व मुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए ।
मुख्यमन्त्री आतिषीले भनेकी छन्, 'पहिले उनीहरूले अरविन्द केजरीवालविरुद्ध नक्कली मुद्दा दायर गरे, उनलाई गिरफ्तार गरे, उनको इन्सुलिन रोकेर उनको हत्या गर्ने षड्यन्त्र गरे । जब अदालतले उनलाई रिहा गर्यो । अब भाजपाले आफ्ना गुण्डाहरूलाई प्रयोग गरेर आक्रमण गरिरहेको छ ।'
उनले भाजपाले केजरीवालमाथि गरेको आक्रमणको बदलाले जनताले चुनावी परिणाममार्फत् लिने बताएकी छन् ।
आगामी वर्ष दिल्लीमा विधानसभाको चुनाव छ । तर चुनावको मिति नजिकिन नपाउँदै दिल्लीको राजनीति गर्माएको छ । चुनावलाई नै लक्षित गर्दै आम आदमी पार्टीका राष्ट्रिय संयोजक समेत रहेका पूर्व मुख्यमन्त्री केजरीवालले शुक्रबार विकासपुरीमा पदयात्रा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण