फिलिपिन्समा आँधीका कारण कम्तीमा ८१ जनाको मृत्यु
शनिबार, १० कात्तिक २०८१, ०१ : ३०
मनिला । फिलिपिन्समा यस साता आएको उष्णकटिबंधीय आँधी ट्रामीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८१ पुगेको छ । बाढी र पहिरोका कारण अन्य २० जना अझै बेपत्ता छन् ।
प्रहरीले मनिलाको दक्षिणी भागमा रहेको बाटाङ्गस प्रान्तमा ४७ र मनिलाको दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा २८ जनाको मृत्यु भएको बताएको छ ।
फिलिपिन्स कोस्ट गार्डले शुक्रबार दिउँसो आफ्ना कर्मचारीहरूले नौ वर्षीय बालक र एक महिनाको शिशुलाई फेला पारेको बताएको छ ।
राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले दक्षिणपूर्वी एसियाली देशका कम्तीमा १५ क्षेत्रका २६ लाखभन्दा बढी मानिसलाई आँधीले असर गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण