नारायणकाजीको प्रश्न : ललिता निवास काण्डका दोषीलाई प्रधानमन्त्रीले सफाइ दिन मिल्छ ?
काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीमाथि नैतिक प्रश्न उठाएका छन् । शनिवार भएको खबरदारी सभामा बोल्दै उनले प्रधानमन्त्रीले ललिता निवासको दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रश्न उठाए ।
उनले भने– ‘ललिता निवास काण्डमा हाम्रो नेतृत्वको सरकारले सङ्गठित अपराध, किर्ते र ठगीको दायर गरेको मुद्दा अदालतमा छ । जसलाई अख्तियारले दायर गरेको मुद्दा अदालतमा छ । विशेष अदालतले २ वर्ष कैद र जरिवानाको फैसला गरेको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको, कर छलीको मुद्दा अदालतमा विचाराधीन छ, देशको प्रधानमन्त्रीले एउटा अदालतले दोषी ठहर गरिसकेको र सर्वोच्चमा विचाराधीन मुद्दाको बारेमा संलग्न भएको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन ? यही हो कानुनी शासन ? म प्रश्न गर्न चाहन्छु के हो कानुनी शासन भनेको ? यो सैह्य हुँदैन ।’
उनले हालै भएको विपद्को अवस्थामा बाढी पहिरोमा परेका नागरिकलाई उद्धार र राहत दिन नसकेको बताए । अहिले सरकार भ्रष्टाचारीलाई जोगाउन लागेकोले त्यसका लागि खबरदारी सभा गरेको बचाउँदै उनले अझै सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाँकी रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण