अवैध लागु औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
शनिबार, १० कात्तिक २०८१, १८ : ०९
काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागु औषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
- बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहस्थित सडकबाट अवैध लागु औषध चरेश जस्तो देखिने पदार्थ १० ग्राम ८ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ फुटाह बस्ने २६ वर्षीय अमृत नेपाली, जाजरकोट छेडागाड नगरपालिका-१२ बस्ने २४ वर्षीय कालि बहादुर चदारा र उनकै श्रीमती २० वर्षीया सुनिता बिक रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- कैलाली, भजनी नगरपालिका-५ लालबोजीस्थित सडकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ रजबारा बस्ने २२ वर्षीय रूपेश बिक र घोडाघोडी नगरपालिका-४ सिमथरी बस्ने २१ वर्षीय कुसल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्विपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका-२ साडेपानी बस्ने २१ वर्षीय प्रशान्त चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट नियन्त्रित लागु औषध ट्रामाडोल १ सय २३ ट्याब्लेट सहित सोही नगरपालिका-१ बेलार बस्ने २१ वर्षीय आकाश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्सडबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो ।
- इलाम, माई नगरपालिका-४ सुखानी सहिद पार्कबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २९ वर्षीय मनोज तामाङ र उनकै भाइ २४ वर्षीय सुमन तामाङ रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- दाङ, घोराही उपमहानगरपालिका-१३ बराहक्षेत्र ज्यामिरेदह सामुदायिक वनको पिपल चौतारीबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ७० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका-५ नामीनगर बस्ने २६ वर्षीय दिपेश डाँगीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोटस्थित सडकबाट नियन्त्रित लागु औषध फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नुर्फिन २ सय एम्पुल सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम घर भएका ३५ वर्षीय दिपेश श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-६ बस्ने २४ वर्षीय लालबाबु पासवान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयाबाट नारायणगढतर्फ जाँदै गरेको बा.५४ प ६५९८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागु औषध सहित फेला पारी पक्राउ गरेको हो ।
- झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने २१ वर्षीय अरूण भित्रीकोटीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण