अदालतको मानहानी हुनेगरी बद्री केसी पक्षको साधारणसभामा नजान आग्रह
शनिबार, १० कात्तिक २०८१, १९ : ३८
काठमाडौँ । एनआरएनएको एउटा समूहको नेतृत्व गरिरहेका अभियन्ता आरके शर्माले बद्री केसी नेतृत्वको समूहले आयोजना गरेको साधारणसभामा भाग नलिन प्रधानमन्त्री केपी शर्मा ओली तथा वरिष्ठ मन्त्रीहरूलाई आग्रह गरेका छन्।
शर्माले सर्वोच्च अदालतको पहिलो फैसला कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको र दोस्रो फैसलाले पनि पहिलो फैसलाको कार्यान्वयन गर्न कुनै रोक नलगाएकाले केसी समूहले सङ्घको विधान विपरीत आइतबार र सोमबार काठमाडौँमा गर्न लागेको साधारण सभामा जानु अदालतको मानहानी हुने बताए।
‘हामीले सरकार तथा प्रमुख दलहरूले एनआरएनएलाई एकजुट बनाउन सघाउने अपेक्षा गरेका छौँ, एउटा गुटको कार्यक्रम जाँदा ८० लाख एनआरएनको भावनामा ठेस लाग्ने मात्रै नभई त्यो सम्मानित अदालतको मानहानी पनि हुनेछ, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण