मुम्बईको बान्द्रामा रेल्वे स्टेसनमा भागदौड हुँदा ९ यात्री घाइते
आइतबार, ११ कात्तिक २०८१, ११ : ५६
नयाँ दिल्ली । मुम्बईको बान्द्रा रेलवे स्टेसनको टर्मिनसमा आइतबार बिहान भागदौड हुँदा ९ जना यात्री घाइते भएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । यीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
टर्मिनसको ९ को प्लेटफर्म नम्बर एकमा भागिदौड भएको थियो । घटना बिहान ६ बजेको भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार चाडपर्वमा घर जान रेलवे स्टेसनमा ठुलो भीड थियो । राति करिब २ बजे देखि नै बान्द्रा–गोरखपुर एक्सप्रेस रेल बान्द्रा रेलवे स्टेसनमा मान्छेको चहलपहल सुरु भएको थियो ।
रेलभित्र चढ्न मानिसहरूले धक्कामुक्की सुरु गरे । त्यहाँ उपस्थित प्रहरीले स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरेपनि स्थिति नियन्त्रण बाहिर गएको अनि भागिदौड मच्चिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण