सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेश्नल युनिभर्सिटीबिच सम्झौता
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेश्नल युनिभर्सिटीबीच सम्झौता भएको छ । शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धमा पाँच बुँदे सम्झौता भएको हो ।
शुक्रबारदेखि ललितपुरमा जारी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्रा.डा.हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेश्नल युनिभर्सिटीका अध्यक्ष डा.ओ बोङ याङले हस्ताक्षर गरेका हुन् । शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबिच यो समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. पन्तले बताए ।
जसमा विश्वविद्यालयको फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदानप्रदान गर्ने, सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक विश्वविद्यालयका विद्यार्थीहरू आदानप्रदान गर्ने, दुवै विश्वविद्यालयबच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने, संयुक्त रूपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने समझदारी भएको हो ।
सन् १९४७ मा स्थापना भएको जोनबुक विश्वविद्यालयका प्रा.डा. ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइज गरेका छन् । समझदारीपत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरेका छन् ।
सन् २०१० मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको छ । नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई पनि सुदूरपश्चिम विश्वविद्यालय सह–आयोजकको रूपमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण