यो सरकारले भ्रष्टाचारको फाइल अघि बढाउँछ भन्नेमा आशङ्का छ : हितराज पाण्डे
सोमबार, १२ कात्तिक २०८१, १३ : १९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको बताएका छन् । सोमबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
पाण्डेले अघिल्लो सरकारले अघि बढाएका भ्रष्टाचारको फाइल यो सरकारले अघि बढाउँछ भन्नेमा आफूलाई आशङ्का लागेको बताए ।
उनले भने, ‘सरकारी निकायले जनताले अनुभूति गर्ने गरेर काम गरेका छैनन् । भ्रष्टाचारको फाइल विगतको सरकारले अघि बढाउन खोजेको थियो, त्यो फाइल अख्तियारले अघि बढाउँछ भनेर आशङ्का जनतामा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
-
नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक
-
राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस