बालुवाटारमा १० हजार नेता कार्यकर्ता उतार्ने रास्वपाको दाबी
मङ्गलबार, १३ कात्तिक २०८१, ११ : ४८
रास्वपाले १० बजेपछि बालुवाटारमा गर्न लागेको प्रदर्शनमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी गरेको छ ।
बालुवाटार स्थित नेपाल हाउसमा भेला भएर रास्वपाले आन्दोलन गर्न लागेको हो । चावाहिल‚कोटेश्वर‚कलङ्की चोक‚ ललितपुर‚ स्वयम्वु वनस्थली बालाजु एरिया‚सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्याली लिएर नेपाल हाउस पुग्ने पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बताए । यी सबै स्थानबाट ११ बजे र्याली निकालेर १२ बजे नेपाल हाउस पुर्याउने उनले जानकारी दिए ।
‘कति मानिस आउनुहुन्छ भन्ने ठ्याक्कै भन्न सकिन्न । तर‚ हामीले १० हजार मानिस उतार्ने लक्ष्य लिएका छौँ‚’ उनले भने ।
झाका अनुसार विरोध प्रदर्शनको कमान्डर पुकार वमलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण