अनमोलले ‘सुपरस्टार’ भनेपछि ‘माग्नेबुढा’ले के भने ?

काठमाडौँ । ‘महानायक’, ‘मेगास्टार’, ‘सुपरस्टार’लगायतका विभिन्न ट्यागबाट नेपाली कलाकार सुशोभित भैसकेका छन् । केहीका ‘ट्याग’ दर्शकले स्वीकारेका छन् भने केही नकारेको । कलाकारको ‘ट्याग’को विषयमा बेलाबेलामा ठुलठुला बहस र विवाद पनि हुँदै आएको छ ।
अभिनेता अनमोल केसीलाई फिल्म ‘कृ’को बेलादेखि ‘मेगास्टार’ भन्न थालियो । उनको यो ‘ट्याग’लाई लिएर प्रश्न उठ्दै आएको छ । उनै अनमोलले सोमबार फिल्म ‘जेरी अन टप’को शुभसाइत कार्यक्रममा हास्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ‘सुपरस्टार’को ट्याग दिए । उनले घिमिरेलाई फिल्ममा स्वागत गर्दै ‘सुपरस्टार’ भनेर सम्बोधन गरेका हुन् ।
‘केदार दाइसँग स्क्रिन सेअर गर्न म एकदमै उत्साहित छु । उहाँ जहिले पनि ‘छक्का पन्जा’मा इन्ट्री हुँदा ताली बजाउनेमा म पनि पर्छु’, केसीले थपे ‘म सदैव उहाँको फ्यान हुँ ।’
तर, केदार भने अनमोलले आफूलाई ‘सुपरस्टार’ भन्नु उनको महानता भएको भन्दै उल्टै प्रशंसा गरे । अनमोलले दिएको ‘सुपरस्टार’ ट्यागबारे घिमिरेलाई पत्रकारले प्रश्न नगर्ने त कुरै भएन । पत्रकारको प्रश्न थियो, ‘किन अनमोलले सुपरस्टार भने ? ‘भुवन दाइ र अनमोल भाइ ‘सुपरस्टार’ हुँदाहुँदै मलाई ‘सुपरस्टार’ भनेर उहाँले महानता प्रस्तुत गर्नुभएको हो । मलाई चाहिँ ‘सुपरस्टार’ हुँ भन्ने लाग्दैन’ कलाकार घिमिरेले जवाफ दिए ।
केदारले आफ्नो लागि हरेक फिल्म परीक्षाजस्तो लाग्ने अनुभव धारणा राखे । उनले जेरीःअन टपमा पहिलेका फिलम भन्दा धेरै मिहिनेत गर्ने बताए ।
सुयोग गुरुङको निर्देशन रहने फिल्ममा अनमोल र केदारको अलवा भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, सङ्गीता मगर र सुष्मा निरौंलाको अभिनयमा रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म