साफ महिला च्याम्पियनसिप र ३–१ गोलको संयोग !
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबिच खेलिँदै छ । खेल नेपाली समयअनुसार, साँझ १८ः ३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको यो सातौँ संस्करण हो ।
यसअघि यो प्रतियोगिताको ६ वटा संस्करण सम्पन्न भइसकेका छन् । प्रतियोगिताको पहिलो संस्करण सन् २०१० मा बंगलादेशको कक्सबजारमा आयोजना भएको थियो । हालसम्म भारतले पाँच र बंगलादेशले एक पटक उपाधि जितेका छन् ।
नेपाली टोली यसअघि पाँचपटक फाइनलमा पुगेर पराजित भएको थियो । यो नेपाली टोलीको छैटौँ फाइनल यात्रा हो । साफ महिला च्याम्पियनसिपको फाइनलमा एउटा रमाइलो संयोग देखिन्छ । यसअघि सम्पन्न ६ संस्करणमध्ये चारपटक फाइनलको हार–जित ३–१ गोलले भएका छन् ।
सन् २०१२ मा श्रीलंकामा सम्पन्न दोस्रो संस्करणको फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराएको थियो । सन् २०१६ मा भारतमा सम्पन्न चौथो संस्करणको फाइनलमा भारतीय टोलीले बंगलादेशलाई पनि ३–१ गोलले नै हराएको थियो ।
यसैगरी, सन् २०१९ मा नेपालमै सम्पन्न पाँचौँ संस्करणको फाइनलमा भारतले फेरि नेपाललाई ३–१ गोलले नै पराजित गरेको थियो । सन् २०२२ मा नेपालमै सम्पन्न छैटौँ संस्करणको फाइनलमा बंगलादेशले पनि नेपाललाई ३–१ गोलले नै पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण