साफ च्याम्पियनसिप फाइनल: प्रति गोल एक लाख पुरस्कार दिने गरिमा विकास बैंकको घोषणा
बुधबार, १४ कात्तिक २०८१, १४ : १८
काठमाडौँ। बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलअघि गरिमा विकास बैंकले नेपाली खेलाडीको प्रोत्साहनका लागि प्रति गोल एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
बंगलादेश विरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ । नेपालमा फुटवल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
खेल साँझ साढे ६ बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण