तत्काल एमाले र माओवादीबिच एकता सम्भव छैन : उपाध्यक्ष ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तत्काल एमाले र माओवादी केन्द्रबिच एकता सम्भव नभएको बताएका छन् । बुधबार काठमाडौँमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै ज्ञवालीले दुई पार्टीबिच एकता असम्भव भएको बताएका हुन् ।
‘अहिले माओवादी र एमालेबिच एकता सम्भव छैन । तत्काल एमालेसँग एकता सम्भव छैन तर भविष्यमा हुँदै हुँदैन भन्ने हुँदैन । एकता हुन सक्छ । अहिले जोजोसँग एकता सम्भव छ गर्नुपर्छ । एमालेले त एकल बहुमत ल्याउने तयारीमा छ । प्रचण्डजी पनि एकल बहुमत ल्याउने तयारीमा छन्’, उनले भने ।
ज्ञवालीले कम्युनिस्टहरूले अहिले चुनावबाटै जित्ने रणनीति बनाउनु पर्नेमा जोड दिए । तर सत्तामा गएपछि कसले कहाँकहाँ गल्ती गरेका छन्, त्यसमा गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए । सरकारमा गएर सबै नराम्रो काम भएको छ भन्ने भाष्य ठीक छैन भन्दै उनले दलाल पुँजीवादविरुद्ध कम्युनिस्टहरू मिलेर जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण