पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु
शुक्रबार, १६ कात्तिक २०८१, १४ : २३

मास्टुङ । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
शहरका वरिष्ठ अधिकारी अब्दुल फतहले एएफपीसँग कुरा गर्दै भने, “एक प्रहरी अधिकारी, पाँच बालबालिका र एक पसले गरी सात जनाको मृत्यु भएको छ ।”
विस्फोटको जिम्मेवारी तत्काल कुनै पनि समूहले लिएको छैन । पाकिस्तान र छिमेकी अफगानिस्तानमा अहिले पनि पोलियोको प्रकोप कायमै रहेको छ र खोप टोलीलाई सुरक्षा बलविरुद्ध लड्दै आएका लडाकूहरूले बारम्बार निशाना बनाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोलामा दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार
-
नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल
-
‘शिवांश : च्याप्टर–१’को छायाङ्कन सुरु
-
विकास साझेदारसँग आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा छलफल
-
समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै
-
‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’