नागढुंगाबाट बरामद पटका नष्ट
शुक्रबार, १६ कात्तिक २०८१, १६ : १८

काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट बरामद गरेको पटका प्रहरीले नष्ट गरेको छ । तराईका विभिन्न जिल्लाबाट काठमाडौँ ल्याउँदै गरेको पटाका प्रहरी प्रभाग नागढुंगाको टोलीले चेकजाँच गर्दा बरामद गरेको थियो । स्थानिय जनप्रतिनिधी, सञ्चारकर्मी र समाजसेवीको रोहवरमा पटका नष्ट गरिएको प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।
माल्टा, गमला, रकेट, चक्र, बम बारुद र आतिसवाजी लगायत विष्फोटक धमाका दिने पटाका नष्ट गरिएको हो । स्थानिय जंगलमा खाल्डो खनेर पटाका नष्ट गरिएको छ । पटका पड्काउँदा बालिबालिकाको अंगभंग हुने र ज्यान जानसक्ने भन्दै प्रहरीले पटाका ओसारपसार र विक्री वितरणमा रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण पश्चिमी चीनमा पहिरो, चारको मृत्यु
-
रवि लामिछानेका कानुन व्यवसायीको जवाफी बहस सुरु
-
पाकिस्तानले आफ्नो आकाशमा इन्डिगोको विमानलाई छिर्न नदिएपछि...
-
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन अध्यक्ष ढकालको आग्रह
-
बेलायतले मौरिससलाई दियो चागोस टापुहरू
-
कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना, के भएको हो उनलाई ?