संकटमा न्युजिल्याण्ड, १ सय ४३ रनको अग्रता
मुम्बई । भारतविरुद्धको मुम्बई टेस्टको दोस्रो इनिङ्समा न्युजिल्याण्डले १ सय ४३ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल समाप्त हुँदा न्युजिल्याण्डले ९ विकेट गुमाएर १७१ रन बनाएको हो।
खेलको दोस्रो दिन शनिबारको खेलमा भारत पहिलो इनिङ्समा २ सय ६३ रनमा अलआउट भएको थियो । टोलीले न्युजिल्यान्डमाथि २८ रनको अग्रता लिएको थियो । यससँगै न्यूजिल्याण्डको टोलीले पहिलो इनिङ्समा २३५ रन बनाएको थियो ।
विल योङले दोस्रो इनिङ्समा अर्धशतक बनाए । उनले १०० बलमा ५१ रन जोडे । उनीबाहेक ग्लेन फिलिप्सले २६, डेभन कोनवेले २२, डेरल मिचेलले २१ र म्याट हेनरीले १० रन बनाए । बाँकी ४ ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
भारतका लागि दोस्रो इनिङ्समा रवीन्द्र जडेजाले सर्वाधिक ४ विकेट लिए । उनले यस खेलमा अहिलेसम्म ९ विकेट लिएका छन् भने पहिलो इनिङ्समा ५ विकेट लिएका थिए । रविचन्द्रन आश्विनले ३ विकेट लिए । आकाश दीप र वासिङ्टन सुन्दरले १–१ विकेट लिए ।
गिलले पहिलो इनिङ्समा ९० रन बनाएपछि भारत पहिलो इनिङ्समा २६३ रनमा अलआउट भएको थियो । शुभमन गिल (९० रन) र ऋषभ पन्त (६० रन)ले अर्धशतक बनाए । अजाज पटेलले ५ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण