ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
सोमबार, १९ कात्तिक २०८१, १२ : ३२

जकार्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले यो जानकारी दिएको हो ।
पूर्वी इन्डोनेसियाको दुर्गम टापु फ्लोरेस लेवोतोबी लाकी–लाकी हिमालमा यी ज्वालामुखी विस्फोटहरू भएको बताइएको छ । गत हप्तादेखि यी विस्फोट भइरहेका छन् ।
ज्वालामुखीबाट निस्किएको लाभाका कारण नजिकका गाउँबाट मान्छेलाई २० किमि परको अन्य गाउँमा सारिएको सोमबार अधिकारीहरूले बताएका छन् । ५ किमि परसम्म खरानी र ढुङ्गा देखिएका छन् ।
आसपासका गाउँको अवस्था बिग्रिएको छ भने ती गाउँका धेरै घर ध्वस्त भएका छन् । ज्वालामुखीले भएको जनधनको क्षतिबारे अधिकारीहरूले विवरण सङ्कलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
-
बङ्गलादेशमा नेपाली फुड फेस्टिभल भव्यताका साथ सम्पन्न
-
प्राविधिक शिक्षा : सम्भावनाको नयाँ बाटो
-
एमआरपीमा कडाइ गरेपछि ‘आत्तिए’ व्यवसायी, तत्काल लागु नगराउन ‘लबिङ’
-
अमेरिकाको १० सहरमा ‘कमेडी दरबार इन अमेरिका’ हुने