ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
सोमबार, १९ कात्तिक २०८१, १२ : ३२
जकार्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले यो जानकारी दिएको हो ।
पूर्वी इन्डोनेसियाको दुर्गम टापु फ्लोरेस लेवोतोबी लाकी–लाकी हिमालमा यी ज्वालामुखी विस्फोटहरू भएको बताइएको छ । गत हप्तादेखि यी विस्फोट भइरहेका छन् ।
ज्वालामुखीबाट निस्किएको लाभाका कारण नजिकका गाउँबाट मान्छेलाई २० किमि परको अन्य गाउँमा सारिएको सोमबार अधिकारीहरूले बताएका छन् । ५ किमि परसम्म खरानी र ढुङ्गा देखिएका छन् ।
आसपासका गाउँको अवस्था बिग्रिएको छ भने ती गाउँका धेरै घर ध्वस्त भएका छन् । ज्वालामुखीले भएको जनधनको क्षतिबारे अधिकारीहरूले विवरण सङ्कलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण