एकै महिना भित्रिए सवा लाख पर्यटक

काठमाडौँ । एक महिनामा सवा लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
यो अघिल्लो वर्षको अक्टोबरको तुलनामा १०६.०४ प्रतिशत हो भने २०१९ को तुलनामा ९२.७६ प्रतिशत हो । अघिल्लो वर्ष अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।
त्यस्तै, २०२२ मा ८८ हजार ५८२ जना, २०२१ मा २३३३८ जना, २०२० मा २०२५ जना र २०१९ मा १ लाख ३४ हजार ९६ जना जना पर्यटक नेपाल आएका थिए । एक महिनामा १ लाख ४ हजार ६८२ जना पर्यटक नेपाल बाहिरिएको बोर्डको तथ्यांक छ ।
यो महिनामा भित्रिएका कुल पर्यटकमध्ये भारतबाट १२ हजार ३१३ जना, अमेरिकाबाट १६ हजार २३ जना, बेलायतबाट ८ हजार १९ जना, चीनबाट ७ हजार ७५० जना, अट्रिलियाबाट ६ हजार ९२९ जना, जर्मनीबाट ६ हजार १८ जना, बंगलादेशबाट ४ हजार ४७६ जना, श्रीलंकाबाट ३ हजार १२५ जना तथा इटालीबाट २ हजार ६३५ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
यो तथ्यांकले कोभिड सुरु हुनु अघिको अवस्थाको तुलनामा पर्यटकको आगमन अझै रिकभर हुन नसकेको देखिन्छ । नेपालमा सबैभन्दा धेरै पर्यटक आगमन हुने महिना यही नै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन