एकै महिना भित्रिए सवा लाख पर्यटक
काठमाडौँ । एक महिनामा सवा लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
यो अघिल्लो वर्षको अक्टोबरको तुलनामा १०६.०४ प्रतिशत हो भने २०१९ को तुलनामा ९२.७६ प्रतिशत हो । अघिल्लो वर्ष अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।
त्यस्तै, २०२२ मा ८८ हजार ५८२ जना, २०२१ मा २३३३८ जना, २०२० मा २०२५ जना र २०१९ मा १ लाख ३४ हजार ९६ जना जना पर्यटक नेपाल आएका थिए । एक महिनामा १ लाख ४ हजार ६८२ जना पर्यटक नेपाल बाहिरिएको बोर्डको तथ्यांक छ ।
यो महिनामा भित्रिएका कुल पर्यटकमध्ये भारतबाट १२ हजार ३१३ जना, अमेरिकाबाट १६ हजार २३ जना, बेलायतबाट ८ हजार १९ जना, चीनबाट ७ हजार ७५० जना, अट्रिलियाबाट ६ हजार ९२९ जना, जर्मनीबाट ६ हजार १८ जना, बंगलादेशबाट ४ हजार ४७६ जना, श्रीलंकाबाट ३ हजार १२५ जना तथा इटालीबाट २ हजार ६३५ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
यो तथ्यांकले कोभिड सुरु हुनु अघिको अवस्थाको तुलनामा पर्यटकको आगमन अझै रिकभर हुन नसकेको देखिन्छ । नेपालमा सबैभन्दा धेरै पर्यटक आगमन हुने महिना यही नै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण