घरेलु मैदानमा रियलको लगातार दोस्रो हार
मड्रिड । रियल मड्रिडले आफ्नो घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ भने च्याम्पियन्स लिगमा ४ खेलमध्ये दुईमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल इटालियन क्लब एसी मिलानसँग १–३ गोलले स्तब्ध बनेको हो ।
गत एल क्लासिकोमा बार्सिलोनासँग ४–० को लज्जास्पद हार बेहोरेको रियल एसी मिलानविरुद्ध १२ औँ मिनेटमा नै पछि परेको थियो । म्यालिक थिअले क्रिस्टियन पुलिसिचको पासमा मिलानलाई अग्रता दिलाएका थिए ।
२३ औँ मिनेटमा रियलले पेनाल्टी पायो जसलाई भिनिसियस जुनियरले सजिलै गोलमा परिणत गरे । तर, पहिलो हाफको अन्त्यतिर रियलका पूर्वखेलाडी अल्भारो मोराटाले पुनः मिलानलाई खेलमा अघि बढाए ।
दोस्रो हाफको ७३ औँ मिनेटमा टिजानी रेइजन्डरर्सले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । साबिक विजेता रियलले प्रतियोगिताको ४ खेलबाट मात्र ६ अङ्क बटुल्न सकेको छ । यसअघि टोली अक्टोबरमा लिलसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण