घरेलु मैदानमा रियलको लगातार दोस्रो हार

मड्रिड । रियल मड्रिडले आफ्नो घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ भने च्याम्पियन्स लिगमा ४ खेलमध्ये दुईमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल इटालियन क्लब एसी मिलानसँग १–३ गोलले स्तब्ध बनेको हो ।
गत एल क्लासिकोमा बार्सिलोनासँग ४–० को लज्जास्पद हार बेहोरेको रियल एसी मिलानविरुद्ध १२ औँ मिनेटमा नै पछि परेको थियो । म्यालिक थिअले क्रिस्टियन पुलिसिचको पासमा मिलानलाई अग्रता दिलाएका थिए ।
२३ औँ मिनेटमा रियलले पेनाल्टी पायो जसलाई भिनिसियस जुनियरले सजिलै गोलमा परिणत गरे । तर, पहिलो हाफको अन्त्यतिर रियलका पूर्वखेलाडी अल्भारो मोराटाले पुनः मिलानलाई खेलमा अघि बढाए ।
दोस्रो हाफको ७३ औँ मिनेटमा टिजानी रेइजन्डरर्सले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । साबिक विजेता रियलले प्रतियोगिताको ४ खेलबाट मात्र ६ अङ्क बटुल्न सकेको छ । यसअघि टोली अक्टोबरमा लिलसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ