नेतन्याहुले रक्षामन्त्रीलाई बर्खास्त गरेपछि इजरायलमा प्रदर्शन
तेल अभिभ । इजरायलमा विरोध प्रदर्शन शुरु भएको छ । प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले रक्षामन्त्री योआभ गलन्टलाई बर्खास्त गरेपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् ।
विश्वासको संकटका कारण आफूले यो निर्णय गरेको नेतन्याहुले बताएका छन् । हालैका महीनामा गलन्टप्रति आफ्नो विश्वास घट्तै गइरहेको उनको भनाइ थियो ।
गलन्टको ठाउँमा विदेशमन्त्री इजरायल काट्जलाई उनले रक्षामन्त्री बनाएका छन् । आफू बर्खास्तमा परेलगत्तै गलन्टले सामाजिक सञ्जालमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको मिशन रहेको र रहने बताएका थिए । लामेसमय देखि नेतन्याहु र गलन्टले साथै काम गरेका थिए । कयौं परिस्थितिमा यी दुईले मिलेर निर्णायक कामहरू पनि गरे ।
तर गएको एक वर्षयता इजरायलको युद्ध रणनीतिबारे यी दुुईबीच मतभेद चुलिँदै गइरहेको थियो ।
हमासको कब्जामा रहेका बन्दी रिहाईलाई प्राथमिकतामा गाजामा युद्ध जारी राख्नेभन्दा माथि राख्नु पर्ने गलन्टको भनाइ थियो । तर नेतन्याहु यसको विपक्षमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण