४२ वर्षको उमेरमा आईपीएल खेल्ने तयारीमा जेम्स एन्डर्सन
काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली क्रिकेटर जेम्स एन्डर्सनले १० वर्षपछि पुनः टी–२० क्रिकेट खेल्ने भएका छन् । उनले विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मार्फत टी–२० प्रतियोगितामा फर्कने योजना बनाएका हुन् ।
आफ्नो समयका चर्चित तिब्रगतिका बलर एन्डर्सनले आगामी आईपीएलका लागि मेगा अक्सनमा नाम दर्ता गराएका छन् । उनी हाल ४२ वर्ष पुगिसकेका छन् । एन्डर्सनले इङ्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डको थुप्रै महत्वपूर्ण सफलताको सारथी पनि हुन् ।
उनले यसअघि आईपीएल खेलेका छैनन् । आईपीएलमात्र होइन, उनी विश्वका अन्य फ्रेन्चाइज लिगमा पनि देखा पर्दैनन् । उनले हालसम्म इङ्ल्यान्डको घरेलु लिग भने खेलेका छन् । आगामी आईपीएलका लागि उनले आफ्नो न्युनतम मूल्य एक करोड २५ लाख भारतीय रुपैयाँ राखेका छन् ।
अक्सनमा कुनै टोलीले खरिद गरेमा एन्डर्सन आगामी आईपीएलमा क्रिजमा देखा पर्नेछन् । उनले पछिल्लो पटक सन् २०१४ मा टी–२० प्रतियोगिता खेलेका थिए । उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० प्रतियोगिता खेल्न छाडेको निकै भइसकेको छ ।
उनी टेस्ट क्रिकेटमा भने सक्रिय दिए । उनले गत जुलाईमा इङ्ल्यान्डको तर्फबाट वेस्ट इन्डिजविरुद्ध लर्डसमा अन्तिम टेस्ट खेलेका थिए । त्यसपछि उनले टेस्ट क्रिकेटबाट पनि सन्न्यास लिएका थिए । उनले इङ्ल्यान्डका लागि एक सय ८८ टेस्टमा कुल सात सय चार विकेट लिएका छन् ।
यसैगरी, उनले एक सय ९४ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल दुई सय ६९ विकेट हात पारेका छन् । यसका अतिरिक्त उनले १९ टी–२० अन्तर्राष्ट्रियमा पनि १८ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले एक हजार तीन सय ५३ रन पनि बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण