इजरायली प्रधानमन्त्री नेतन्याहुले ट्रम्पलाई दिए बधाई
तेल अभिभ । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले जित सुनिश्चित गरेका छन् । निर्वाचन आयोगले ट्रम्पले जितेको भनेर घोषणा नगरेको भए पनि ट्रम्पले चाँहि आफूले जितेको घोषणा गरिसकेका छन् । यसैबिच विश्वभर बाट ट्रम्पलाई बधाई आउन सुरु भएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले डोनल्ड ट्रम्पलाई जितको लागि बधाई दिएका छन् । ‘ऐतिहासिक महान् पुनरागमनका लागि बधाई’ भनेर उनले भनेका छन् ।ह्वाईट हाउसमा ऐतिहासिक पुनरागमनले अमेरिकालाई नयाँ सुरुआत दिने र इजरायल–अमेरिकाबिच महानतम् गठबन्धनको शक्तिशाली प्रतिबद्धताको अवसर दिएको उनले भनेका छन् ।
ट्रम्पको जितलाई उनले ठूला जित भनेका छन् । यसैबिच हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले पनि यस्तै खालको बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई विश्वलाई अति नै चाहिएको जित भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण