बायर्नको हारको शृङ्खला रोकियो
बिहीबार, २२ कात्तिक २०८१, ०९ : ५१
एलियान्ज एरिना । च्याम्पियन्स लिगमा बायर्न म्युनिखको लगातार दुई खेलको हारको शृङ्खला रोकिएको छ । बुधबार राति टोलीले बेनफिकामाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको हो ।
जमाल मुसियालाले खेलको ६७ औँ मिनेटमा ह्यारी केनको पासमा गोल गर्दै टोलीका लागि निर्णायक गोल गरे । यसअघि पहिलो हाफमा केन र सर्जी ग्नाब्रीको प्रहार विपक्षी टोलीका गोलकिपरले रोकेका थिए । दोस्रो हाफमा पनि बेनफिकाका गोलकिपर एनाटोली ट्रुबिनले लिरोय सानेको दुईवटा प्रहार बचाए ।
पहिलो खेलमा डाइनामो जाग्रेबलाई ९–२ गोलले हराएको बायर्न त्यसपछि एस्टन भिल्लासँग ०–१ र बार्सिलोनासँग १–४ गोलले पराजित भएको थियो ।
जितसँगै टोली १७ औँ स्थानमा उक्लिएको छ । समान अङ्क भए पनि बेनफिका भने १९ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण