एयरलाइन्सले हवाई भाडा बढाएपछि मेनपावर व्यवसायीले पर्यटन र परराष्ट्रमन्त्री गुहारे
काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भएसँगै मेनपावर व्यवसायीहरूले सरकार गुहारेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको अत्यधिक महँगो भाडा तिर्नुपरेको भन्दै सङ्घले पर्यटन र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्यमा जाने श्रमिकहरूले आर्थिक बोझ थपिएको भन्दै यसको समाधान गर्न आग्रह गर्दै सङ्घले दुवै मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
सीमित ट्राभल एजेन्सी र एयरलाइन्सहरूको मिलेमतोमा टिकटको मूल्य कृतिम रूपमा बढाइएको भन्दै व्यवसायीहरूले पर्यटन मन्त्री बद्री पाण्डे र परराष्ट्रमन्त्री डाक्टर आरजु राणाको ध्यानाकर्षण गराएका हुन् । यसअघि बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए ।
श्रम, पर्यटन र परराष्ट्रमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल समेत गरिएको थियो । छलफलका क्रममा हालको उडान सङ्कटले उत्पन्न गरेको समस्याबारे छलफल भएको थियो ।
छलफलका क्रममा व्यवसायीहरूले ट्राभल एजेन्सीहरूले सिट अभावको बहानामा अत्यधिक भाडा लिएको बताए । सीमित एजेन्सीहरूले मात्रै सिट उपलब्ध गराउने अवस्था सिर्जना गरेर बजारमा कृत्रिम अभाव सिर्जना गरेर टिकटको मूल्यमा कालोबजारी गरिरहेको बताए ।
छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकत्वमा परराष्ट्र, श्रम, र कानुन मन्त्रालय रहने गरी एक समिति गठन गर्ने आश्वासन दिएका थिए । हाल १० देखि १५ हजार रुपैयाँमा पाइने काठमाडौँ–दिल्लीको हवाई भाडा ७० हजार रुपैयाँसम्म पुगेको छ । त्यस्तै ३० देखि ४० हजार रूपैयाँसम्म पाइने मलेसिया तथा खाडी मुलुकको हवाई भाडा अहिले १ लाखभन्दा माथि पुर्याइएकाे छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण