अवैध लागु औषधसहित ३ जना पक्राउ
काठमाडौँ । नवलपरासी पूर्व र तनहुँबाट लागु औषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ चालिसकिलोस्थित सडकबाट नियन्त्रित लागु औषध डाईजेपाम ३० एम्पुल, फेनरागन ३० एम्पुल र आईपिपिएल ३० एम्पुल सहित तनहुँ व्यास नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट चितवनतर्फ जाँदै गरेको लु.२ ख २६२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो ।
यता तनहुँको आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागु औषध डाईजेपाम ४३ एम्पुल, फेनारगन ४४ एम्पुल र बुप्रेनोर्फिन ४४ एम्पुल सहित लमजुङ बेशिसहर नगरपालिका-७ बस्ने २७ वर्षीय कैलाश खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको क.प्र.०२-००१ ख ०२१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण