बायर्नको संघर्षपूर्ण जित, १० खेलाडीमा सीमित डर्टमण्ड स्तब्ध
बर्लिन । जमाल मुसियालाको निर्णायक गोलको मद्दतले बायर्न म्युनिखले सेन्ट पाउलीलाई हराउँदै बुन्डेस लिगाको शीर्ष स्थानमा पकड बलियो बनाएको छ ।
सेन्ट पाउलीले सुरुवातदेखि नै बायर्नको आक्रमणलाई विफल बनाएको थियो । तर, २२ औँ मिनेटमा ३० मिटर टाढाबाट उत्कृष्ट गोल गर्दै मुसियालाले बायर्नलाई अग्रता दिलाए ।
पहिलो हाफमा खेल नियन्त्रणमा राखे पनि बायर्नले गोलका अवसरहरू भने धेरै सिर्जना गर्न सकेन । पहिलो हाफमा सेन्ट पाउलीका लागि कारोल मेस्टले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् ।
दोस्रो हाफमा पनि बायर्नले खेलमा नियन्त्रण कायम राख्यो । तर, लामो समयसम्म ह्यारी केनको हेडरबाहेक टोलीले विपक्षीको पोस्टमा खासै आक्रमण भने गर्न सकेन । खेलको अन्त्यतिर भने लेरोय साने र मुसियालाले गोलको प्रयास गरेका थिए ।
उता, १० खेलाडीमा सीमित बोरुसिया डर्टमण्ड माइन्जसँग १–३ गोलले पराजित भएको छ । खेलको २७ औँ मिनेटमा एमरे च्यानले रातो कार्ड पाएका थिए ।
यसको फाइदा उठाउँदै जे सुङ लिले ३६ औँ मिनेटमा माइन्जलाई अग्रता दिलाए । तर, ४० औँ मिनेटमा सेरहो गुइरासीले डर्टमण्डका लागि पेनाल्टीबाट बराबरी गोल फर्काए ।
पहिलो हाफको अन्त्यतिर जोनाथन बुरकार्डटले पुनः माइनजलाई खेलामा अगाडि बढाए भने दोस्रो हाफको सुरुवातमा पाउल नेबेलले अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
१० खेलपछि बायर्नको २६ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको समान खेलबाट २१ अङ्क छ । डर्टमण्ड भने १६ अङ्कसहित सातौँ स्थानमा सीमित रहेको छ । माइन्ज १३ अङ्कसहित ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण