‘संजु’ मा आमिरलाई अफर गरिएको थियो यो रोल, यसकारण गरे अस्विकार
संजय दत्तको बायोपिक ‘संजु’ मा थुप्रै स्टारकास्ट छन् । फिल्ममा रणबीर कपुर, संजय दत्तको भूमिकामा देखिनेछन् । रणबीरका साथै यसमा परेश रावल, विक्की कौशल, दिया मिर्जा, सोनम कपुर, अनुष्का शर्मा, मनिषा कोइराला पनि छन् । तर के तपाईंलाई थाहा छ, फिल्ममा आमिर खानलाई पनि एक रोल अफर गरिएको थियो ।
आमिरलाई फिल्मका निर्देशक राजकुमार हिरानीले संजयका बुवा सुनिल दत्तको रोल अफर गरेका थिए तर आमिरले उक्त भूमिका अस्विकार गरे । हिरानीले आउटलुकलाई दिएको अन्तर्वार्तामा भने, ‘आमिर मेरा साथी हुन् । म जति पनि स्क्रिप्ट लेख्छु, उनलाई यसबारे पक्कै जानकारी गराउँछु । जब मैले उनलाई संजुको कहानी सुनाएँ तब उनले ‘म पनि केही गर्छु’ भने । मैले उनलाई सुनिल दत्तको भूमिकाका लागि अफर गरें तर उनले त्यती नै बेला दंगलमा अधबैंसे व्यक्तिको भूमिका निभाइरहेका थिए त्यसकारण उनले सुनिल दत्तको भूमिका गर्नमा रुची राखेनन् ।’

संजय दत्तले फिल्मबाट कुनै पनि दृश्य वा डायलग हटाउन नपाउने भनी सुरुमा नै हिरनीले शर्त राखेको उक्त अन्तर्वार्तामा बताए ।
उनले भने, ‘मैले संजय दत्तलाई पहिले नै स्पष्ट पारिसकेको थिएँ कि उनले कुनै लाइन परिवर्तन गर्न र दृश्य हटाउन पाउने छैनन् । ’
संजु जून २९ मा रिलिज हुनेछ । सुनिल दत्तको भूमिकामा परेश रावल, नरगिसको भूमिकामा मनिषा कोइराला र मान्यताको भूमिकामा दिया मिर्जा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण