फैसला कार्यान्वयन
आफन्तको घरमा लुकेर बसेका थिए दीपक मनाङे
मङ्गलबार, २७ कात्तिक २०८१, ११ : ३१
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङलेलाई पक्राउ पछि जेल चलाउन गरिएको छ । उनलाई सीआईबीका डीएसपी नेतृत्वको टिमले मंगलबार काठमाडौंको सानोभर्याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो ।
मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । आफूले चलाउने मोबाइल काठमाडौँ उपत्यका बाहिर पठाएर काठमाडौँमा लुकेर बसेको सूचनाका आधारमा उनी पक्राउ परेका हुन् । कार्तिक २० मा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी सम्पर्क विहीन भएका थिए ।
तरबार प्रहार गरेर गुन्डा नाइके चक्रे मिलनको हात छिनाएको घटनामा उनी यसअघि २ वर्ष जेल बसिसकेका छन् । उनले अब बाँकी कैद भुक्तान गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण