जुम्ल्याहा बच्चा मृत्यु प्रकरण : एनएमसीको निर्णय अस्पतालको पक्षमा
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले जुम्ल्याहा बच्चा मृत्यु प्रकरणबारे बूढानीलकण्ठ नगरपालिका चुनिखेलस्थित करुणा अस्पतालको पक्षमा निर्णय गरेको छ ।
गत असार अन्तिममा चितवनकी विद्या राणा र प्रदीप भट्टले अस्पतालको लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्युको आरोप लगाउँदै एनएमसीमा उजुरी दर्ता गरेका थिए ।
एनएमसीले करिब साढे तीन महिना लगाएर गरेको छानबिनले पहिलो बच्चालाई मेथिसिलिन–सेन्सेटिभ स्टैफिलोकोकस आँरियस (एमएसएसए) सङ्क्रमण देखिएको उल्लेख गरेको छ । सोही सङ्क्रमण दोस्रो बच्चालाई पनि जोखिम भएको एनएमसीले जनाएको छ । निरन्तर उपचार हुँदा हुँदै पनि सेप्सिसको कारणले भएको जटिलताका कारणले सङ्क्रमण फैलिँदा जुम्ल्याहा बच्चा मृत्यु भएको एनएमसी रजिष्ट्रार डा. सतिस कुमार देवद्वार हस्ताक्षरीत निर्णयपत्रमा उल्लेख छ ।
विद्या र प्रदीपले भने आफूले न्याय नपाएको बताएका छन् । अस्पतालमा जुम्ल्याहा बच्चाको मृत्यु मृत्यु प्रकरणबारे भदौँ पहिलो साता रातोपाटीले विस्तृतमा समाचार छापेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण