२१ वर्षअघि चक्रे मिलनको हात छिनालेको घटनामा जेल गए मनाङे, तस्बिरहरू
काठमाडौँ । २१ वर्षअघि गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनालेको घटनामा गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका दीपक मनाङे मंगलबार जेल चलान भएका छन् ।
सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघि फैसलालाई नै सदर गर्दै उनीमाथि ५ वर्ष जेल सजाय हुने ठहर गरेसँगै उनलाई मंगलबार बिहान प्रहरीले राजधानीको सानोभर्याङ क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेसँगै काठमाडौँ जिल्ला अदालतमा पेस भएका उनी लगत्तै डिल्लीबजार कारागार चलान भएका हुन् ।

गुण्डागर्दीकै पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङे दुई पटक गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भए भने पटक पटक मन्त्री समेत भए ।
मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।

ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन माथि २०६१ सालमा आक्रमण गरेको थियो । सो क्रममा चक्रे मिलनको हात छिनेको थियो । सोही घटनाको मुद्दामा अहिले माथिल्लो अदालतबाट फैसला भएसँगै कार्यान्वयनमा गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण