२५ दिनको अवधिमा प्रहरी कस्टडीमा ३ भीआईपी

काठमाडौँ । विगत २५ दिनको अवधिमा संघीय र प्रदेश गरी तीन सांसद प्रहरी कष्टडीमा पुगेका छन् । फरक फरक मुद्दामा उनीहरू 'कष्टडी'मा पुगेका हुन् ।
सहकारीको रकम हिनामिना र अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । काठमाडौँमा पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका थिए । उनलाई मंगलबारमात्र रुपन्देही लगिएको छ । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
त्यसैगरी कोशी र गण्डकी प्रदेशका दुई सांसद पनि हाल प्रहरी हिरासतमा छन् ।
नेकपा एमालेबाट निर्वाचित कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा तीन दिनदेखि काठमाडौँको प्रहरी कष्टडीमा छन् । आफूसहित नक्कली कागजातका आधारमा असम्बन्धित मानिसलाई जापान लगेको खुलेपछि अधिकारीलाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । अधिकारलाई आइतबार विराटनगरबाट पक्राउ गरि काठमाडौँ ल्याएको हो ।
अधिकारीपछि गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे त जेल चलान नै भएका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर जेल चलान गरेको हो ।
२१ वर्षअघि गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनालेको घटनामा गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका दीपक मनाङे सर्वोच्चको फैसला अनुसार मंगलबार जेल चलान भएका हुन् ।
सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघिको फैसलालाई नै सदर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय हुने ठहर गरेको थियो ।
सोही फैसला कार्यान्वयन गर्न उनलाई मंगलबार प्रहरीले राजधानीको सानोभर्याङ क्षेत्रबाट पक्राउ गरेको थियो । अधिकारी मानव मानव बेचविखन र लिखत किर्ते, लामिछाने संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि प्रहरी कष्टडी पुगेका हुन् ।
त्यस्तै दीपक मनाङे ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भएपछि कारागार चलान भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी