२५ दिनको अवधिमा प्रहरी कस्टडीमा ३ भीआईपी
काठमाडौँ । विगत २५ दिनको अवधिमा संघीय र प्रदेश गरी तीन सांसद प्रहरी कष्टडीमा पुगेका छन् । फरक फरक मुद्दामा उनीहरू 'कष्टडी'मा पुगेका हुन् ।
सहकारीको रकम हिनामिना र अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । काठमाडौँमा पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका थिए । उनलाई मंगलबारमात्र रुपन्देही लगिएको छ । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
त्यसैगरी कोशी र गण्डकी प्रदेशका दुई सांसद पनि हाल प्रहरी हिरासतमा छन् ।
नेकपा एमालेबाट निर्वाचित कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा तीन दिनदेखि काठमाडौँको प्रहरी कष्टडीमा छन् । आफूसहित नक्कली कागजातका आधारमा असम्बन्धित मानिसलाई जापान लगेको खुलेपछि अधिकारीलाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । अधिकारलाई आइतबार विराटनगरबाट पक्राउ गरि काठमाडौँ ल्याएको हो ।
अधिकारीपछि गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे त जेल चलान नै भएका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर जेल चलान गरेको हो ।
२१ वर्षअघि गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनालेको घटनामा गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका दीपक मनाङे सर्वोच्चको फैसला अनुसार मंगलबार जेल चलान भएका हुन् ।
सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघिको फैसलालाई नै सदर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय हुने ठहर गरेको थियो ।
सोही फैसला कार्यान्वयन गर्न उनलाई मंगलबार प्रहरीले राजधानीको सानोभर्याङ क्षेत्रबाट पक्राउ गरेको थियो । अधिकारी मानव मानव बेचविखन र लिखत किर्ते, लामिछाने संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि प्रहरी कष्टडी पुगेका हुन् ।
त्यस्तै दीपक मनाङे ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भएपछि कारागार चलान भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण