अभिषेकलाई आफ्नो ‘शो’ मा बोलाएर पछुताए अमिताभ बच्चन
नयाँ दिल्ली । अभिषेक बच्चन यतिबेला आफ्नो आगामी फिल्म ‘आई वान्ट टु टक’ लाई लिएर चर्चामा छन् । आफ्नो फिल्मको प्रमोसनका लागि उनी सुपरस्टार पिता अमिताभ बच्चनको क्विज शो ‘कौन बनेगा करोडपति १६’ मा पनि गएका थिए ।
अभिषेक आफ्नो आगामी फिल्म ‘आइ वान्ट टु टक’ को प्रमोसनका लागि सो सोमा गएका थिए । पिता–छोराको जोडीलाई पर्दामा हेर्न फ्यानहरू पनि निकै उत्साहित छन् ।
यतिबेला सामाजिक सञ्जालमा शो को एउटा भिडियो निकै भाइरल भइरहेको छ । शो को नयाँ प्रोमो अनुसार, अभिषेकले आफ्नो बुबाको नक्कल गरेपछि अमिताभले छोरालाई शो मा बोलाउनै निकै ठुलो गल्ती भएको भन्दै पछुतो व्यक्त गरेका छन् ।
यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
आफ्नो पिताको नक्कल गरिरहेका थिए अभिषेक
भाइरल भइरहेको यो भिडियोमा अभिषेकले अमिताभको नक्कल गर्दै ‘७ करोड’ भनेर कराउँछन् । शो मा कुनै पनि प्रतियोगीले जित्दा अमिताभ यस्तैगरी कराउँछन् । उनको परिवारमा कसैले डिनर टेबलमा प्रश्न सोध्यो भने बच्चाहरू पनि अमिताभको शैलीमा कराउने ठट्टा गर्दै अभिषेकले भन्छन् । उनको यो कुरा सुनेर दर्शक दीर्घामा बसेको सबै जना हाँस्छन् । त्यसपछि अमिताभ ‘यिनलाई यहाँ बोलाएर मैले गल्ती गरेँ’ भन्छन् ।
फिल्मको ट्रेलरले पाइरहेछ दर्शकको माया
रोनी लाहिरी र शील कुमारले निर्माण गरेको ‘आई वान्ट टु टक’ यही नोभेम्बर २२ मा रिलिज हुँदैछ । फिल्ममा अभिषेक बच्चनले अर्जुन नामक पात्रको मार्मिक यात्रा देखाउँदैछन् । फिल्मलाई सुजित सिरकारले निर्देशन गरेका हुन् ।
भर्खरै रिलिज भएको ट्रेलरले दर्शकबाट भरपुर माया पाइरहेको छ । सुजित सरकार र अभिषेक बच्चनले एक साथ काम गरेको यो पहिलो पटक हो । उनले अमिताभ बच्चनसँग भने चार वटा फिल्ममा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण