रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिने, स्वतन्त्र उम्मेदवारलाई सघाउनेबारे छलफल
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ४५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वटा वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।
सो पार्टीका कार्यवाहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त नगरपालिकामा पार्टीका तर्फबाट जयराम कार्कीले प्रारम्भिक उम्मेदवारीका लागि नाम दर्ता गरे पनि अन्तिम समयमा नाम फिर्ता लिने चाहाना राखेकाले पार्टीका तर्फबाट उम्मेदवारी नदिइने बताए ।
‘कीर्तिपुरको मेयरका लागि प्रारम्भिक रूपमा जयराम कार्कीको आवेदन परेको थियो । तर उहाँले नाम फिर्ता लिने कुरा गर्नुभयो’, बुर्लाकोटीले रातोपाटीसँग भने,‘अव त्यहाँ हामी कुनै स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने गरी छलफलमा छौ ।’
मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता जारी छ । कीर्तिपुरका दुवै वडाध्यक्षमा पनि उम्मेदवारी नदिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण