करण अर्जुनमा शाहरुख–सलमानको नाम सुनेर डिष्ट्रिब्यूटरले छाडेका थिए फिल्म
नयाँ दिल्ली । शाहरुख खान र सलमान खान स्टारर ब्लकबस्टर फिल्म ‘करण अर्जुन’ नोभेम्बर २२ मा विश्वभरका थिएटरमा रिलिज हुँदैछ । तर सलमान र शाहरुखलाई लिएर यो एक्सन फिल्म बन्ने बताएपछि २–३ जना वितरकले फिल्म छाडेको खुलासा भएको छ ।
फिल्मबारे विशेष कुराकानीका क्रममा फिल्मका निर्माता–निर्देशक राकेश रोशनले यस्तो बताएको भन्दै दैनिक भास्करले बताएको छ ।
शाहरुख खान र सलमान खान रोमान्टिक भूमिका बढी गर्थे । यी दुई अभिनेतालाई लिएर बनाएको एक्शन फिल्म के चल्ला भनेर केही डिष्ट्रिब्यूटर फिल्मको वितरण गर्न मानेनन् । तर पछि फिल्म राम्रो चलेपछि उनीहरू फर्किएर आएको पनि राकेशले भनेका छन् ।
शाहरुख खान पनि फिल्मको कथामप्रति खासै विश्वस्त थिएनन् । निर्देशकले जे जे भने त्यही गर्दै गए । तर जब पछि फिल्म ब्लकबष्टर भयो उनले राकेश रोशनसँग ‘म गलत थिएँ, तपार्इं सही हुनुहुन्थ्या’ भन्दै माफी मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण