शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन ढिलाइ भयो : कृष्ण सिटौला

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन ढिलाइ भएको बताएका छन् । तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका उनले संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन ढिला गर्न नहुनेमा जोड दिए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत द्वन्द्व र विकास विभागले मंगलबार कमलादीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने,‘दुई बन्दुकबिच त्रासमा परेर मारिएका वा बेपत्ता भएका मानिसहरूलाई न्याय दिलाउन बृहत् शान्ति सम्झौता गरेको हो । शान्ति सम्झौता तत्कालीन सात दल र विद्रोही माओवादीबिच भएको सम्झौता मात्रै होइन र आम जनतासँग गरिएको प्रतिबद्धता हो । त्यो पुरा गर्नुपर्छ । तर १८ वर्षसम्म पुरा भएन । शान्ति प्रक्रियाको महत्त्वपूर्ण काम बाँकी छ’, यो अति गम्भीर काम हो । यो जति ढिला भयो त्यति नै अनेकौँ हाँगाहरू पलाउने खतरा हुन्छ ।’
शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन जति ढिलो त्यति नै आपसमा अविश्वास बढ्दै जानेतर्फ उनले सचेत गराए । त्यतिबेला सात दल र माओवादीबिच विश्वासको स्तर भएपनि अहिले विश्वासको संकट गहिरिँदै गएकोमा सिटौलाले चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?