गुन्डा नाइके विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्कीपूर्ण १४१ कल
काठमाडौँ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको प्रहरीले जनाएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरुमध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी गरेका छन् ।
भारत र दुबईबाट त्यस्तो फोन आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘नेपाली व्यवसायीलाई धम्की दिनेहरूबारे अनुसन्धान भइरहेको छ ।’
सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । त्यसरी फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईंले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’
फोन गर्नेहरूले दुर्गा प्रसाईंलाई सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका छन् । अनुसन्धानमा संलग्न ब्युरोका एक जना अधिकृत भन्छन्, ‘सुपारी लिएको छु भनेर उनीहरुले धम्की दिने गरेको देखिन्छ ।’
कतिपय बैंकर र मारवाडी समुदायका मानिसहरूलाई फोन गरेर उनीहरुले प्रसाईंसँग ‘माफी माग्नु’ भन्ने गरेको प्रहरीसँग उपलब्ध अडियोमा सुनिन्छ । दुबईबाट पनि त्यस्तो कल आएको देखिएको एआईजी थापाले बताए । फोन गर्नेहरूले व्यापारीको ह्वाट्स एपमा गर्ने गरेका छन् । दुबईबाट आएको कलबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गुन्डा नाइके विश्नोइ अहिले भारतको सबैभन्दा कडा सुरक्षा रहने तिहाड जेलमा छन् । उनीमाथि असुली र हत्याको आरोप छ । महाराष्ट्रको सेन्ट्रल जेलमा बसेर गिरोह चलाएको भेटिएपछि उनलाई तिहाड जेलमा सारिएको हो । उनले पटक पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका छन् ।
नेपालका व्यवसायीलाई धम्क्याउनमा विश्नोई समूहको संलग्नताबारे भारतीय प्रहरीसँग पनि समन्वय थालिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । उनले भने, ‘हामी भारतीय प्रहरीसँग पनि समन्वय गरेर अनुसन्धान गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण