कीर्तिपुरको प्रमुख बन्न ११ स्वतन्त्र उम्मेदवार दौडमा‚ कसलाई सहयोग गर्ने अन्योलमा रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने निर्णय गर्न ढिलाइ गरेको छ । मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि पार्टीले उम्मेदवार उठाएको छैन ।
नगरप्रमुख स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने तयारीमा पार्टी छ । नगर प्रमुख बन्न यहाँ ११ जना व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिँदै चुनावी मैदानमा होमिएका छन् । त्यसमध्ये कसलाई सहयोग गर्ने भन्ने निर्णय भने पार्टीले गरिसकेको छैन ।
उपनिर्वाचनको ‘कमान्ड’ सम्हालिरहेका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले आफ्नो उम्मेदवार नउठाएर कीर्तिपुरमा स्वतन्त्रलाई सहयोग गर्ने तयारी भए पनि कसलाई गर्ने भन्ने निर्णय भने भइनसकेको रातोपाटीलाई जानकारी दिए ।
‘कसलाई कसरी समर्थन गर्ने‚ चुनावी रणनीति कसरी उपयोग गर्ने भन्ने काम त्यहाँ हुँदैछ‚’ उनले भने‚ ‘उहाँहरू छलफलमा हुनुहुन्छ । हामीले यहाँबाट हस्तक्षेप गर्ने कुरै भएन नि ।’
कीर्तिपुर नगर प्रमुख बन्न २० जना चुनावी मैदानमा छन् । त्यसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार हुन् । रास्वपाले नगरप्रमुखमा मात्र होइन वडा नम्बर १ र ४ मा पनि वडाध्यक्ष पदमा उम्मेदवार उठाएको छैन । वडा नम्बर १ मा ९ मध्ये ३ जना र वडा नम्बर ४ मा १२ मध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण