रुस-युक्रेन युद्ध
रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन
बिहीबार, ०६ मङ्सिर २०८१, १५ : ४४

किभ । रुसले लामो दूरीको मिसाइल हानेको युक्रेनले बताएको छ । युक्रेनको हवाई बलका अनुसार रुसले अस्त्रखान क्षेत्रबाट बिहीबार बिहान अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको हो ।
युक्रेनसँग युद्ध सुरु भएयता रुसले युक्रेनलाई ताकेर आईसीबीएम प्रहार गरेको यो पहिलो पटक हो । यस्ता मिसाइल हजारौँ किमी परसम्म पुग्न सक्छन् ।
आफूले आक्रमणको क्रममा ६ वटा केएच–१०१ क्रुज मिसाइल खसालेको युक्रेनको सेनाले पनि भनेको छ ।
अमेरिकाले युक्रेनलाई रुसी भूमिमा आफूले दिएको लामो दूरीको मिसाइल प्रयोग गर्ने अनुमति दिएको केही दिनमै रुसले यस्तो कदम चालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मजदुर उत्पादन गर्ने शिक्षा प्रणाली बदल्ने कि !
-
ओलीको अगुवाइमा मुलुकमा बेथिति हुँदा कांग्रेस साक्षी बन्यो : प्रभु साह
-
युक्रेनमा रुसी ड्रोन आक्रमण : दुई जनाको मृत्यु
-
श्रमिकको आत्मसम्मान उच्च बनाउन संघर्ष गर्छौँ : राजेन्द्र महतो
-
खेती लगाउन गोरु पाल्दा सरकारले दियो अनुदान, किसान दङ्ग
-
सरकार-शिक्षकबिच ९ बुँदे सहमति : राहत शिक्षकले गरे स्वागत