रुस-युक्रेन युद्ध
रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन
बिहीबार, ०६ मङ्सिर २०८१, १५ : ४४
किभ । रुसले लामो दूरीको मिसाइल हानेको युक्रेनले बताएको छ । युक्रेनको हवाई बलका अनुसार रुसले अस्त्रखान क्षेत्रबाट बिहीबार बिहान अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको हो ।
युक्रेनसँग युद्ध सुरु भएयता रुसले युक्रेनलाई ताकेर आईसीबीएम प्रहार गरेको यो पहिलो पटक हो । यस्ता मिसाइल हजारौँ किमी परसम्म पुग्न सक्छन् ।
आफूले आक्रमणको क्रममा ६ वटा केएच–१०१ क्रुज मिसाइल खसालेको युक्रेनको सेनाले पनि भनेको छ ।
अमेरिकाले युक्रेनलाई रुसी भूमिमा आफूले दिएको लामो दूरीको मिसाइल प्रयोग गर्ने अनुमति दिएको केही दिनमै रुसले यस्तो कदम चालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण