नेतन्याहुको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेपछि रिसायो अमेरिका
वासिङ्टन डिसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले लगाएको युद्ध अपराधको आरोप र पक्राउ पुर्जीलाई लिएर पश्चिमी देशहरू एकापसमा विभाजित छन् । समाचार एजेन्सी एपीका अनुसार अमेरिकाले पक्राउ पुर्जी अस्वीकार गरेको छ ।
तर बेलायत, क्यानडा, नेदरल्यान्ड्स र इटालीले भने नेतान्याहु आफ्नो देश आए भने उनलाई पक्राउ गर्ने बताएका छन् । अमेरिकाले भने आईसीसीको आदेशलाई स्वीकार गर्न नसकिने बताएको छ । ह्वाइट हाउसका प्रवक्ता करेन जीन पियरेले अदालतको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै यसलाई ‘हतार’ भनेकी छिन् । अमेरिका आईसीसीको सदस्य राष्ट्र होइन ।
हमास र इजरायल एउटै होइनन्: युरोपेली देशहरू
आफ्नो देशले आईसीसीको नियम पालना गर्ने इटालीका रक्षामन्त्री गुइडो क्रोसिटोले बताएका छन् । हमास र इजरायल समान छन् भन्ने आईसीसीको आरोपलाई अस्वीकार गरे पनि नेतान्याहु इटाली आए भने पक्राउमा पर्ने उनले बताए । ‘हामी नियममा बाँधिएका छौँ,’ उनले भनेका छन् ।
आईसीसीको सदस्य भएकाले बेलायतले पनि नेतान्याहुलाई आफ्नै भूमिमा पक्राउ गर्ने बताएको छ । तर, प्रधानमन्त्री कार्यालयका प्रवक्ताले नेतान्याहु र हमासबीच नैतिक समानता नभएको पनि बताएका छन् । इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको उनले बताए ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि आईसीसीको सदस्य भएकाले नियमको पालना गर्ने बताएका छन् । नेदरल्यान्डका विदेशमन्त्री क्यास्पर वेल्डकम्पले नियमहरूको शत प्रतिशत पालना गर्ने र डच भूमिमा पाइला राख्नेबित्तिकै नेतन्याहुलाई पक्राउ गर्ने भनेका छन् ।
आफ्नो नाममा पक्राउ पुर्जी जारी गर्ने आईसीसीको निर्णयलाई नेतन्याहुले यहुदी विरोधी निर्णय भनेका छन् । सर्वसाधारणलाई जानी जानी निशाना बनाएको भनेर आईसीसीले आफूमाथि झुटो आरोप लगाएको उनको भनाई छ । आईसीसीले हमासका कमान्डर मोहम्मद डेइफको नाममा पनि पक्राउ पुर्जी जारी गरेको छ । इजरायलका अनुसार जुलाईमा उसले गरेको आक्रमणमा डेइफको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण