कार्यदलले पेस गरेका प्रतिवेदन माओवादी पदाधिकारी बैठकद्वारा अनुमोदन
काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुईवटा कार्यदलले पेस गरेको प्रतिवेदन अनुमोदन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सुझाव प्रतिवेदन अनुमोदन गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंसिर ४ गते बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।
जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका थिए । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको थियो । यो कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका थिए । बुधबारको बैठकले यी दुवै कार्यदलबाट आएका सुझाव अनुमोदन गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘प्रदेशमा अध्यक्ष, दुई उपाध्यक्ष, दुई सहसचिव, सचिव र कोषाध्यक्ष रहने गरी कार्यविधि पारित गरेको छ । टोलमा अध्यक्ष र सचिव तथा सेलमा सेक्रेटरीमात्र रहने व्यवस्था गरिएको छ । विधानमा देखिएका केही अलमलको विषय सच्याउने कुरा भयो’, रातोपाटीसँग उनले भने ।
माओवादीको केन्द्रीय समिति बैठकपछि प्रदेश सम्मेलन हुँदैछ । यस्तै स्थानीय तह उपनिर्वाचनमा सम्पूर्ण शक्ति लागि पर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण