इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
बुधबार, १२ मङ्सिर २०८१, १८ : ०६
इस्लामवाद । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरूले आफूहरूको प्रदर्शन अस्थायी रूपमा फिर्ता लिएका छन् । पाकिस्तानमा पीटीआईका कार्यकर्ता र समर्थकहरू पार्टीका शीर्ष नेता इमरान खानको रिहाइलाई लिएर गएको केही दिनदेखि प्रदर्शन गरिरहेका थिए ।
उनलाई रिहा नगरेसम्म आफूहरूले इस्लामवाद नछाड्ने र पछि पनि नहट्ने भन्दै समर्थकहरू अड्डी कसेर बसेका थिए । प्रदर्शनकारीहरूले मङ्गलवार प्रहरीको ब्यारिकेड पनि तोडेका थिए ।
यसपछि प्रहरीले उनीहरूलाई धक्का मुक्की गर्न थाल्यो । यस क्रममा अश्रु ग्यास पनि प्रहार भयो । यो प्रदर्शन अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ । मर्नेमा चार जना सुरक्षा बलका जवान र दुई आम नागरिक छन् । बुधवार पीटीआईले आफ्नो बयानमा सरकारको क्रूरताको कारण प्रदर्शनलाई अस्थायी रूपमा रोकेको भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण