हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
बुधबार, १२ मङ्सिर २०८१, २१ : ५८
बेरुत । लेबनानमा सक्रिय हिजबुल्लाह समूहले दुई महिनाअघि इजरायली आक्रमणमा मारिएका आफ्ना शीर्ष नेताको अन्त्येष्टिको तयारी भइरहेको बताएको छ ।
हिजबुल्लाहको राजनीतिक परिषद्का उपनेता महमुद कोमाटीले इजरायली आक्रमणमा मारिएका पूर्व प्रमुख हसन नसरल्लाहको औपचारिक अन्त्येष्टिको तयारी भइरहेको बताएका हुन् ।
हिजबुल्लाहले नसरल्लाहको मृत्युपछिको प्रतिकुल परिस्थितिका कारण भन्दै ‘अन्त्येष्टिको कार्यक्रम’ स्थगित गरेको थियो । बेरुतको दक्षिणी उपनगरमा आयोजित पत्रकार सम्मेलनमा कोमाटीले भने, ‘हामी नसरल्लाहको अन्त्येष्टिका लागि तयारी गरिरहेका छौं।’
लेबनान र इजरायलबीच युद्धविरामको घोषणा भएकै दिन हिजबुल्लाह समूहले आफ्ना नेताको अन्त्येष्टिको तयारी भइरहेको जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण