अमेरिका र चीनबिच कैदी साटासाट
वासिङ्टन डीसी । अमेरिका र चीनले तीन/तीन जना कैदी साटेका छन् । अमेरिकामा रहेका तीन चिनियाँ कैदीलाई रिहा गरेबापत चीनले पनि आफ्नो कैदमा रहेका तीन अमेरिकी कैदीलाई छाडिदिएको छ । कैदी आदान प्रदान गर्न राष्ट्रपति जो बाइडेनको प्रशासनले वार्ता थालेपछि यो कदम चालिएको बताइएको छ ।
मार्क स्वीदान, काई लि र जोन लेउङ अमेरिका फर्किने क्रममा रहेको नेशनल सेक्युरिटी काउन्सिलका एक प्रवक्ताले बुधवार एउटा विज्ञप्तिमा भनेका छन् । कयौँ वर्षमा उनीहरू छिट्टै फर्किने अनि परिवारसँग मेलमिलाप हुने विज्ञप्तिमा भनिएको छ ।
यस्तो खालको कैदी आदान प्रदान भएको यो कयौँ महिनापछि पहिलो पटक हो । बुधवार नै चिनियाँ अधिकारीहरूले पनि अमेरिकाको कैदमा रहेका तीन चिनियाँ नागरिक रिहा भएको पुष्टि गरेको छ । चीन सरकारको अथक प्रयासपछि अमेरिकाले गलत तरिकाले समातेर राखेको तीन जना चिनियाँ नागरिकलाई रिहा भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ्गले बुधवार एउटा विज्ञप्तिमा भनेका थिए ।
यही महिनाको सुरुमा पेरुमा आयोजित एपेकको शिखर सम्मेलनमा बाइडेनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग गलत तवरले थुनामा राखिएका आफ्ना नागरिकको रिहाइको विषय उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण