श्रीमानसँग अलग्गिएपछि सोफियालाई चाहिन्छ यस्ता प्रेमी
बिग बसकी पूर्व प्रतियोगी सोफिया हयात आफ्ना श्रीमानसँग अलग्गिसकेकी छिन् । उनले श्रीमानलाई धोकेबाज भनी घरबाट निकालेको जानकारी दिएकी थिइन् । उनले खराब सम्बन्धका कारण आफ्नो बच्चासमेत गुमाउनु परेको बताइन् । तर अब उनी यी सबैबाट बाहिर निस्कन चाहेको बताएकी छिन् ।
स्पटब्वईलाई दिएको अन्तर्वार्तामा सोफियाले भ्लाद स्टेनेस्कुलाई बिर्सिसकेको बताएकी छिन् । उनले दिएको औंठी पनि अब बेच्न चाहेको उनले बताएकी छिन् । उनी भन्छिन्, ‘उनले ममाथि खर्च गरेको यही एउटा कुरामा हो । हाम्रो जीवनमा आइपरेका अन्य सबै कुरालाई म आफैंले सम्हालेको थिएँ ।’
सोफिया हयातले सोसल मिडियामा पोष्ट गरिन् श्रीमानसँगको ‘लभ मेकिङ’ भिडियो
स्पटब्वाईको अनुसार अन्तर्वार्ताका बेला उनी निकै उदास थिइन् । आफ्नो विवाहको खराब अन्त्य भएपछि के पुरुषप्रति नकारात्मक भावना पैदा भएको छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘तत्कालका लागि विवाह भन्ने कुरा मेरो दिमागमा छैन र यदि मैले प्रेमी बनाएँ भने अब मेरै स्तरको बनाउँछु । कोही गरिबले प्रेम गरे उनैसँग बस्ने कथा अब ममा लागु हुँदैन । मानिसहरु लोभी र डाहा गर्ने प्रवृत्तिका हुनसक्छन्, भ्लाद जस्तै । मैले उनलाई आफ्नो सबै कुरा सुम्पिएँ , अब मेरो पाउने पालो हो ।’
सोफिया हयातले विवाहको एक वर्षपछि नै श्रीमानलाई घरबाट निकालिन्
श्रीमानसँगको ब्रेकअप स्विकारेपछिको पहिलो अन्तर्वार्तामा सोफियाले भ्लादलाई ‘शैतान’ बताइन् । भ्लादलाई दिएको विवाहको औंठीबारे कुरा गर्दै उनले भनिन्, ‘भ्लादले विवाहको औंठी सँगै नलाने बताएपनि अहिले थाहा पाएकी छु कि १० लाख पर्ने उक्त औंठी पनि लिएर गए । मैले उनलाई औंठी फिर्ता गर्न भनिरहेकी छु ।’
सोफियाले क्वाँक्वाँ रुँदै भनिन्, ‘श्रीमान् र बच्चा एकैपटक गुमाउनु ठूलो पीडा हो’ (भिडियो)
तर त्यो पनि उनले साढे एक लाखमा बेचिसकेको एक साथीले जानकारी दिएको बताइन् । जसले आफूलाई झट्का दिएको उनले बताइन् । उनले भनिन्, ‘मलाई भ्लादका एकजना साथीले फोन गरेर मैले के चाहेको सोधे । उनले नै भ्लादसँग अब केही पनि नभएको बताउँदै विवाहको औंठी पनि साढे एक लाखमा बेचेको बताए । उनले निकै झटपट उक्त औंठी बेचेछन् । उनलाई छिटो पैसा चाहन्थे । उक्त औंठी कार्टिएरको थियो जसमा हिरा जडान गरिएको थियो ।’
सोफियाले फोटो सेयर गर्दै भनिन्, ‘बच्चा गुमाएपछि शरिर यस्तो भयो’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण