विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले केही जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादकहरूलाई विद्युत् खरिद बिक्री (पीपीए) को रकमबाट डेडिकेटड तथा ट्रंक लाइनको महसुल असुल गर्ने पत्र पठाएका छन् ।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल बाँकी रहेका उद्योगका सञ्चालकहरू भएको जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादकहरूलाई पत्र पठाएको जानकारी गराएको छ । महसुल बाँकी रहेका सञ्चालकहरूको जलविद्युत् तथा सौर्य ऊर्जाबाट उत्पादित विद्युत् खरिदको रकम क्रमशः कटाउँदै जाने प्राधिकरणले बताएको छ ।
प्राधिकरणको पत्रमा ‘नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३२ (क) बमोजिम असुलउपर गर्न सक्ने व्यवस्था भएकाले लगानी भएको कम्पनीबाट बक्यौता असुल गर्नको लागि विद्युत् खरिद बिक्री सम्झौता अनुसार खरिद बापतको मासिक बिल भुक्तानी गर्नुपर्ने रकमबाट क्रमशः कट्टा गरी बक्यौता असुलउपर गरिने’ उल्लेख छ ।
विद्युत् नियमन आयोग र प्राधिकरण सञ्चालक समितिले उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले वैकल्पिक उपाय अपनाउन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण