अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
क्यानबेर्रा । अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । विधेयक पारित भएपछि भविष्यमा अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइनेछ ।
यो प्रतिबन्ध कम्तिमा १२ महिनापछि लागू हुनेछ । यदि प्राविधिक कम्पनीहरूले यो कानून पालन गरेनन् भने उनीहरूलाई ५ करोड अष्ट्रेलियाली डलर जरिवाना लगाइनेछ । युवाहरूलाई सामाजिक सञ्जालको खतराबाट जोगाउन यो कानुन आवश्यक भएको प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताएका छन् ।
धेरै अभिभावकले पनि यो विधेयकमाथि सहमति जनाएका छन् । तर, यस कानूनका आलोचकहरूले भने यो प्रतिबन्ध कसरी काम गर्नेछ र यसले गोपनीयता अनि सामाजिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठाइरहेका छन् । यसअघि पनि विश्वका धेरै देशले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रयास गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण