अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक

क्यानबेर्रा । अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । विधेयक पारित भएपछि भविष्यमा अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइनेछ ।
यो प्रतिबन्ध कम्तिमा १२ महिनापछि लागू हुनेछ । यदि प्राविधिक कम्पनीहरूले यो कानून पालन गरेनन् भने उनीहरूलाई ५ करोड अष्ट्रेलियाली डलर जरिवाना लगाइनेछ । युवाहरूलाई सामाजिक सञ्जालको खतराबाट जोगाउन यो कानुन आवश्यक भएको प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताएका छन् ।
धेरै अभिभावकले पनि यो विधेयकमाथि सहमति जनाएका छन् । तर, यस कानूनका आलोचकहरूले भने यो प्रतिबन्ध कसरी काम गर्नेछ र यसले गोपनीयता अनि सामाजिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठाइरहेका छन् । यसअघि पनि विश्वका धेरै देशले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रयास गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश