आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनबिच एनपीएलको सुरुवातदेखि सेयर बजारमा अन्योलसम्म

शनिबार, १५ मङ्सिर २०८१, २२ : ००
शनिबार, १५ मङ्सिर २०८१

आज २०८१ मंसिर १५ गते शनिबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • प्रधानमन्त्रीको चीन भ्रमण

 बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषयमा सत्तारुढ दलले सहमति गरेर पठाएको मस्यौदामा चीनको प्रतिक्रियाको पर्खाइमा नेपाल रहेको छ । बीआरआई परियोजना ऋणमा लिने कि अनुदानमा मात्र लिने भनेर दलहरूको बिचमा विवाद भइरहेको थियो । तर कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा रहने गरी कार्यदल बनाएर त्यसको समाधान निकालेको छ । 

  • बीआरआई विवाद

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चीनको अनुदानमा पाएका उद्योगहरू नेताहरूले बेचेर खाएको आरोप लगाएका छन् । चीन भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जुन नेताले आज चीनबाट अनुदानमा मात्र बीआरआई ल्याउनुपर्छ भनिरहेका छन् ती नेताहरूले नै विगतमा चीनको अनुदानमा बनाइएको उद्योगधन्दा बेचेर खाएको आरोप लगाएका हुन् ।

  • प्रचण्डको जवाफ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिवार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

  • नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगर किंग्सले जितका लागि प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । 

  • क्रान्तिकारी कम्युनिस्ट पार्टीमा मतभेद

चिसो मौसमको सुरुवातसँगै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशन त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा सुरु भएको छ । बिहीबार भूगोल पार्कमा महाधिवेशन उद्घाटन गरेको थियो । शुक्रबारदेखि सुरु भएको बन्दसत्रमा वैद्यले पेस गरेको राजनीतिक दस्ताबेज र राम सिंहले पेस गरेको साङ्गठनिक प्रतिवेदनमाथि गरमागरम बहस प्रारम्भ भएको छ ।

  • सेयर बजारमा अन्योल

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै सेयर बजारका लगानीकर्तामा अन्यौलता देखिएको छ । समीक्षामा कुनै पनि परिवर्तन नभएसँगै बजारको अबको दिशाबारे अन्यौलता देखिएको हो । यसले बजारको आगामी यात्रा अनिश्चित बनाएको छ ।

  • दुर्घटना

ललितपुर महानगरपालिका–१५ चक्रपथ सडकस्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गरेको स्पिड चेकिङ स्थलमा दुर्घटना भएको छ । ट्राफिक प्रहरीले मोटरसाइकल रोक्दा नियन्त्रण गर्न नसकेर चालक गम्भीर घाइते भएका छन् । प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको आर–१५ यमाहा मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ ।

यता, देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

  • अपराध

चीनको बाटो हुँदै नक्कली कागजपत्र बोकेर संयुक्त राज्य अमेरिका जान लागेका एक नेपाली युवक सिचुवान प्रान्तको छेङ्दु विमानस्थलमा पक्राउ परेका छन् । रुकुम घर बताउने ३२ वर्षीय काजी महरा (नाम परिवर्तन)लाई शुक्रबार छेङ्दुस्थित थ्यानफू अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेर छानबिन गरिएको हो । 

देशमा घटेका अन्य अपराधका घटनाहरु :

  • मनोरञ्जन

फिल्ममा व्यस्त अभिनेता नाजिर हुसेन रङ्गमञ्च अभिनयमा ‘कमब्याक’ गर्दैछन् । नाटक ‘हरि हजुरबा’ मार्फत् उनी ६ वर्षपछि रङ्गमञ्चमा देखिन लागेका हुन् ।

जब मैले सुपरहिट कोरियन थ्रिलर शृङ्खला स्क्विड गेमका निर्देशकलाई पहिलो शृङ्खला बनाउँदा उनको छ वटा दाँत भाँचेको रिपोर्टको बारेमा सोधे, उनले तुरुन्तै भने, ‘हुन सक्छ आठ वा नौवटा।’ अनि गलल हाँसे ।

  • शनिबार विशेष सामग्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप