हेटौँडा उपमहानगर–१२ : १ हजार ७६८ मत खस्यो
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडा अध्यक्ष पदका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेटमा सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ ।
२ मतदान स्थलको ९ मतदान केन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । बिहान १० बजेसम्मको अवधिमा १ हजार ७६८ मत खसेको छ । विष्णुज्योती आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ४ मतदान केन्द्रमा ७५४ मत खसेको छ । सो मतदान स्थलमा ३ हजार ६२५ मतदाताले मत दिनेछन् भने प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ४ हजार ४२८ मतदाताले मतदान गर्नेछन् । उक्त मतदान स्थलको ५ मतदान केन्द्रबाट हालसम्म १ हजार १४ मत खसेको छ ।
हेटौँडा–१२ मा २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएर कुल ८ हजार ५३ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन् ।
निर्वाचनका लागि ९ वटा केन्द्रमा ४५ जना कर्मचारीहरू परिचालन गरिएको छ । निर्वाचनलाई भयरहित बनाउन बाक्लो मात्रा सुरक्षाकर्मी परिचालन गरिएको छ । वडा प्रवेशको हरेक नाकामा सुरक्षाकर्मीहरूको चेकजाँच कडाइ गरिएको छ भने ४ वटै सुरक्षा निकायलाई सूक्ष्म तवरले सूचना सङ्कलन तथा सुरक्षाको सयन्त्रहरु परिचालन गरिएको छ ।
हेटौँडा–१२ को एक वडा अध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये दलबाट ९ जना र स्वतन्त्र ३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । दलबाट एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण