ग्रामथानमा मतगणना सुरु
आइतबार, १६ मङ्सिर २०८१, २२ : ४१
विराटनगर । स्थानीय तह अन्तर्गत आइतबार सम्पन्न मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतगणना सुरु भएको छ।
सर्वदलीय बैठकपछि राति १०: ३० बजेबाट मतगणना सुरु भएको हो । आज सम्पन्न भएको मतदानमा ७१ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार तोकिएको समय अबधिभित्र १८ हजार ५७७ जनाले मतदान गरेका हुन् ।
ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा भएको मतदानमा ७१.३३ प्रतिशत मतदान भएको हो । आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण