कीर्तिपुरको मेयरमा कांग्रेसका उम्मेदवार एक हजार मतले अगाडि
सोमबार, १७ मङ्सिर २०८१, १९ : ५०

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख पदको मतगणना जारी छ । पछिल्लो समय कीर्तिपुर नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले एक हजारभन्दा बढी मतले अग्रता बनाएका छन् ।
कांग्रेसका उम्मेदवार डंगोलले ४ हजार ४५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार ४२० मत पाएका छन् ।
तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन छन् । उनले दुई हजार ९५० मत पाएका छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जन एक हजार ५९४ मतसहित चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने